Logo

कांग्रेस सभापति देउवाद्वारा स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज (बिहीबार) पशुपति अर्याघाट पुगेर देउवाले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङ संविधानसभा अध्यक्ष र पूर्व सभामुख पनि हुन् ।

नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए । हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot