Logo

कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरू



काठमाडौं,२६ असोज । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । बैठक विराटनरस्थित पार्टी संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

आजको बैठकले पछिल्लो २४ घण्टामा प्रदेशको राजनीतिमका विकसित घटनाबारे छलफल हुनेछ । कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर बिहीबार कांग्रेसको डा शेखर कोइराला पक्षले विद्रो गर्दै केदार कार्कीलाई उम्मेदवार उठाएको छ । कांग्रेसका ९ सहित एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

उता कांग्रेसको संस्थापन पक्षले भने माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ । आज बस्ने कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उक्त प्रकरणमा आवश्यक निर्णय लिने बताईएको छ ।

प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् । पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर गएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसको विवाद चरम उत्कर्षमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot