Logo

कांग्रेसमा तीन कोइराला एकै ठाउँमा, दलको नेताबाट देउवालाई विस्थापित गर्न सहमत



काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसमा कोइराला परिवारका शीर्ष नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एकजुट हुने भएका छन् । कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काको पहलमा तीन जनाबीच सहकार्यको सुरुवात हुने देखिएको छ ।

यसअघि उनी १४औं महाधिवेशनमा विभिन्न गुटमा छरिएका थिए । तर, १५औं महाधिवेशनलाई ध्यानमा राखेर तीन नेता एकजुट हुन लागेको चर्चा छ । खासगरी शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनसँगै सभापति शेरबहादुर देउवासँग विद्रोह गरिसकेका छन् । र, उनको विद्रोह कोशीबाट अनुमोदित भैसकेको छ ।

शेखर एमालेसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्न चाहन्छन् । शेखरनिकट उच्च स्रोतकाअनुसार एमाले नेतृत्वले प्रधानमन्त्री प्रचण्डलाई हटाउनको लागि ग्रिन सिग्नल दिइसकेको छ । पछिल्लो समय कांग्रेसका शेखर समूहका नेताहरुले पनि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन् ।

दशैंलगत्तै पार्टीको संसदीय दलको नेताबाट सभापति देउवालाई हटाउनेगरि शेखरले गृहकार्य गरेको बुझिएको छ । शेखरलाई भने आफ्नै समूहका महामन्त्री गगन थापाले पनि साथ नदिने बुझिएको छ । पछिल्लो समय उनी शेखरसँग असन्तुष्ट छन् । कोशीमा शेखरले विद्रोह गर्नुअघि आफूहरुसँग सल्लाह नगरेको गगनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot