Logo

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा



काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ ।

महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही पनि खुसी छैन । जनता याे सरकार कहिले ढल्ला भनेर हेर्न आतुर छन् । अब अति भयाे । यसरी नै लुटिरहन दियाैं भने देश नै समाप्त हुन्छ । तिहारपछि मेरै नेतृत्वमा हामी सरकार ढाल्न अघि बढ्छाैं, हेर्नु हाेला,´ नेपाली रेडियाे नेटवर्ककाेनेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

सांसद राणाले संघीय लाेकतान्त्रिक गणतन्त्र सडकबाटै ढाल्ने पनि बताए । `राणा, पञ्चायत, प्रजातन्त्र पनि सडकबाटै ढलेकाे हाे । गणतन्त्र पनि सडकबाटै ढाल्छाैं । सदन, सडक र जनमतसंग्रह जनसुकै तरिकाले सरकार र व्यवस्था ढाल्न सकिन्छ । यसमा तपाईं शंकै नगर्नुस् ।´



प्रतिक्रिया दिनुहोस्