Logo

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन



काठमाडौं,१० कार्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।

६८ वर्षीय उनको शुक्रबार हृदयघातबाट निधन भएको चिनियाँ मिडिया सिसिटिभीले जनाएको छ। सांघाइमा बस्दै आएका उनलाई बिहीबार हृदयघात भएको थियो।

उपचारको क्रममा मध्यराति १२: १० बजे उनको निधन भएको हो।

आर्थिक मामिलामा विशेष दख्खल भएका उनी सन् २०१३ देखि चीनका दोस्रो शक्तिशाली व्यक्ति बनेका थिए। उनी गत मार्चमा मात्रै सेवानिवृत्त भएका थिए।

अन्हुईमा जन्मिएका उनले पेकिङ विश्वविद्यालयबाट कानुन विधामा डिग्री लिएका छन्। सन् १९८९मा टियानानमेन स्क्वायरमा उनका साथीहरूले आन्दोलन गर्दा उनी सरकारी जागिरे भइसकेका थिए। उनी त्यही बेला देखि कम्युनिष्ट पार्टी युथ लिगमा सामेल भएका थिए।

सन् २००८ देखि २०१३ सम्म वेन जियाबाओ प्रधानमन्त्री हुँदा उनी उप(प्रधानमन्त्री भएका थिए।



प्रतिक्रिया दिनुहोस्