Logo

विश्वकप क्रिकेट: दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै



काठमाडौं,३० कार्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् । कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे शुरू हुनेछ ।

लिग चरणमा दक्षिण अफ्रिका समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो ।

त्यस्तै अस्ट्रेलियाले पनि ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

आज हुने खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनको फराकिलो अन्तरले हराउँदै भारत १२ वर्षपछि विश्वकपको फाइनलमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot