Logo

विप्लवको ठोकुवा : नेपालमा अब राजतन्त्र फर्किनै सक्दैन् (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अब राजसंस्था इतिहास भैसकेको भन्दै फर्कने सम्भावना नरहेको स्पष्ट पारेका छन्। तर, अहिलेको संसदीय व्यवस्थाले भने मुलुक र जनतालाई निकास नदिने उनको भनाई छ ।

उनले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज (आइतबार) माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायतले समेत जनमतसंग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने स्मरण गराए ।

उनले भने,”जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ । हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ । तर देश पुरै कंगाल हुँदै जाने, ध्वस्त हुँदै जाने, निकास पनि दिन नमान्ने, हाम्रो विरोधी तत्वहरूले टाउको उठाउने, देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न हुँदैन’ file photo



प्रतिक्रिया दिनुहोस्