Logo

प्रचण्ड नेतृत्वको सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ- प्रभु साह



काठमाडौं,११ मंसिर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका साहले जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको भन्दै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले यो सरकार विघटन गरे सहमतिय सरकार बनाउनसमेत आग्रह गरेका छन् ।

उनले भने, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिवले न्याय पाएनन् । अन्ततः दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडियो कार्यालयहरुमा भईराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु । महंगी ठूलो समस्या भएको छ । सरकार निकम्मा देखिएको छ । मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ । र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ । हामीले भनेका छौं–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ। राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ। अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ,’ ।

अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्