Logo

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि एकमुष्ट ५० हजार दिन कांग्रेसको माग



काठमाडौं,१३ मंसिर । नेपाली कांग्रेसले गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएको गएको भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको ५० हजार रकम एकमुष्ट उपलब्ध गराउने सरकारलाई सुझाव दिएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पूर्व पदाधिकारी तथा पदाधिकारीहरुको बैठकले सो सुझाव सरकारलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

‘रकम पठाइसकेको तर अझैपनि पीडितको हातमा नपरिसकेको अवस्थामा हामी गम्भीर भएका छौँ। पुग्दैछ भन्नुभएको छ,’ विश्वकर्माले भने, ‘पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएको भएपनि व्यवहारिक कठिनाइ हुनसक्छ। त्यसैले ५० हजार एकैपटक दिनुपर्छ भनेर मन्त्रीहरूलाई हामीले सुझाव राखेका छौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot