Logo

एपीएफविरुद्ध मधेशको ‘तुफानी ब्याटिङ’, दियो १९८ रनको विशाल लक्ष्य



काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटअन्तर्गत फाइनल प्रवेशका लागि मधेश प्रदेशले विभागीय टिम एपीएफलाई १९८ रनको चुनौति प्रस्तुत गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको धमेशले ओपनर अनिल साह र इमरान खानको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन जोड्यो ।

मधेशका लागि शानदार प्रदर्शन गर्दै इमरानले ५० रन बनाउँदै अर्धशतक पूरा गरे । ४ छक्का र ३ चौका हिर्काउँदै उनले ५० रन जोड्दा अर्का ओपनर अनिल साहले ३६ बलमा ५७ रनको पारी खेले । अनिल र इमरानले दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान हरिशंकर साह १२ बलमा १० रन बनाउँदै आउट भए भने पवन सर्राफले १९ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ३३ रन जोडे । हिमांसु दुत्तले १५ रन थप्दा रुपेश सिंहले २१ रन जोडे ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३ विकेट लिए भने अमर रौटेलाले २ विकेट लिए । पुरन विकले १ विकेट लिए ।

यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल भोलि हुनेछ ।



प्रतिक्रिया दिनुहोस्