Logo

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान



काठमाडौं,१७ मंसर । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् ।

उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् ।

शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन् ।

यसअघि उनले शुक्रबार पोखरामा सम्पन्न प्रथम केपी अ‍ोली टी-२० क्रिकेट खेलेका थिए । विभागीय टिम नेपाल पुलिस क्लबबाट खेलेका उनले प्रतियोगीताभर एक शतक । एक अर्धशतकसमेत प्रहार गरेका थिए ।

उनले प्रहार गरेको शतक नै यस प्रतियोगीताको एकमात्र शतक रहन गयो । प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेतापनि उनी आवद्ध पुलिस सेमिफाइनलमा भने पुग्न सकेन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot