Logo

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, १८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा र राजु कार्कीविरुद्ध राज्यविरुद्धको अपराध कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले यही मंसिर १० गते फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम ३५ दिने पक्राउ पुर्जीको सूचना जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्