Logo

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णय, महाधिवेशनको मितिबारे भएन निर्णय



काठमाडौं,१८ मंसिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजका लागि सकिएको छ । पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आलोकनगरमा आज बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

आजको बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनको मिति टुंगो लगाउने भनिएपनि कुनै निष्कर्षमा पुगिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टीको महाधिवेशन सार्न सम्मानित नेता झलनाथ खनाल पक्षपनि तयार रहेको छ। त्यसका लागि भोलि ११ बजे पनि सचिवालय बैठक बोलाईएको छ । भोलि बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

यसअघि एकीकृत समाजवादीेले आगामी माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । तर, उक्त समयमा राष्ट्रिय सभाको निर्वाचन परेपछि समय अभावका कारण भन्दै महाधिवेशन सार्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot