Logo

एनसेलको शेयर बिक्री प्रकरणमा अर्थ समितिलाई रास्वपाको ध्यानाकर्षण, यस्ता छन् माग (पत्रसहित)



काठमाडौं,२० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर बिक्रीबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।

बुधबार बसेको प्रतिनिधि सभाको अर्थ समितिमा रास्वपाका सांसदद्वय डा। स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न ध्यानाकर्षण गराएका हुन्।

बुधबार समिति सभापति सन्तोष चालिसेलाई कार्यकक्षमा भेटेर स्वदेशी एवं विदेशी लगानीको माहोल बनाई आय र रोजगारीको विस्तार, निर्यात प्रवर्द्धन एवं प्रविधि हस्तान्तरणमा फड्को मार्ने राष्ट्रिय लक्ष्यमा धक्का लाग्ने गरेर प्रक्रिया अघि बढेको भन्दै उनीहरुले ध्यानाकर्षणपत्र गराएका हुन्।

नेपालबाट आजियाटा निस्कँदा अन्य ठूला लगानीकर्तामा पर्ने नकारात्मक प्रभाव र यस्ता कम्पनीका तमाम अनुचित गतिविधिबाट पुगेको क्षति वा वैध क्रियाकलापबाट प्राप्त लाभबारे नीतिगत समीक्षा हुन जरुरी भएको बताएका छन्।

उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ।

यस्तो छ र रास्वपाले बुझाएको ध्यानाकर्षण पत्र



प्रतिक्रिया दिनुहोस्