Logo

लिभरपुलद्वारा सेफिल्ड युनाइटेड २ गोल अन्तरले पराजित



काठमाडौं, मंसिर २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । गएराति सेफिल्ड युनाइटेडसँग भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गएराति लिभरपुललाई जिताउनका लागि भान डिजिक र डोमिनिकले एक एक गोल गरेका थिए । ३७ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको पासमा डिजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा नुनेजको पासमा डोमिनिकले गोल गरेपछि लिभरपुल २–० को सहज जित निकाल्न सफल भयो । सेफिल्ड युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot