Logo

यू-१९ एसिया कप: पाकिस्तानले दियो अफगानिस्तानलाई ३०४ रनको विशाल लक्ष्य



काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह ए को अन्तिम खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओमल मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा अलआउट हुँदै ३०३ रन जोडेको हो ।

उसका लागि शाहजैब खानले ७९, शमिल हुसेनले ७५ र रियाज उल्लाहले ७३ रनको उतकृष्ट अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खानले ९ चौका र १ छक्का हिर्काए भने ५४ बलमा हुसेनले ७ चौका र ५ छक्का हिर्काउँदा उल्लाहले ६९ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै आजान आविसले २० रन थपे ।

बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजई र वसिर अहमदले समान तीन तथा खलेल अहमद र नसीर खान मारुफखिलले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot