Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा



काठमाडौं,३ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बस्न लागेको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ।

आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन, पार्टीको विधान संसोधन, पार्टीले जारी राखेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान र केन्द्रीय समितिको बैठकबारे छलफल हुनेछ ।

राष्ट्रिय सभामा रिक्त एक तिहाई सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ भने माओवादीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान गत भदौं १६ गतेबाट सञ्चालना गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot