Logo

नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउन माग गर्दै तेस्रो दिनपनि आजपाले घेर्‍यो भन्सार विभाग



काठमाडौं,३ पुस । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम सम्पर्क मञ्चले भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारकविरुद्ध विभिन्न मागहरु राखि आज तेश्रो दिनपनि भन्सार बिभाग घेराऊ गरेको छ ।

आजपाले काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि पुगेर नियमावलीमा रहेको परिच्छेद(१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउन, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारी-साधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउन र भन्सारबाट उठेको रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्ने तथा ⁠घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर न लागने ब्यवस्था गर्न माग गर्दै भन्सार विभाग घेराउ गरेको हो ।

आजपाले भन्सार नियमावली सच्याउन माग गर्दै पटक पटक भन्सार विभाग घेराउ गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्