Logo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि



काठमाडौं, पुस ५ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो। टी–२० ढाँचामा हुने खेलको आज पहिलो दिन चार खेल हुँदैछन्। अहिले साढे ९ बजे बागमती र मधेस प्रदेशबिच टीयू खेल मैदानमा उद्घाटन खेल हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबिच मुलपानी मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ।

यस्तै गण्डकी र लुम्बिनीबिच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबिच मूलपानी मैदानमा खेल हुने क्यानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot