Logo

सांसद राईको आक्रोश: गृह चलाउन सक्नुभएन, मन्त्रीज्यू राजीनामा दिनुस्



काठमाडौं,१६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति सांसदहरुले आपत्ति जनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्री श्रेष्ठलाई तत्कालै राजीनामा दिए आग्रह गरेका हुन् ।

‘मन्त्रीज्यू राजीनामा दिनुस्। युवालाई ताकीताकी गोली हान्ने ? ठाउको ठाउँ गोली हान्न मिल्छ । गृह चलाउन सक्नुभएन । मान्छे मार्न पाइन्छ ? मान्छे मार्न पाइँदैन’ उनले भने ।

उनले साधन स्रोत छैन भनेर मान्छे मार्ने भनेर पनि प्रश्न गरे ।

उनले प्रकरणमा तल्लो तहका सुरक्षाकर्मीलाई कारबाही गर्ने कुरामा पनि उनले प्रश्न उठाए । ‘मन्त्रीले हिँड भनेपछि पीएसओ हिन्छ । तलकोलाई कारबाही गर्ने ? माथिकोलाई कारबाही गर्नुस् । राजीनामा दिनुस् खुरुक्क’ उनले भने ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot