Logo

प्रधानमन्त्री प्रचण्डपछि परराष्ट्रमन्त्री साउदको दाबी : केही दिनमा पञ्चेश्वर परियोजनाको ब्रेक–थ्रु हुन्छ



काठमाडौं, २७ पुष । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले केही दिनमा नै पञ्चेश्वर परियोजनाको ब्रेक थ्रु हुने दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संसदीय समितिमा पुगेर पञ्चेश्वर ब्रेक थ्रु हुने दाबी गरेका थिए ।

त्यसको पर्सिपल्ट आज (शुक्रबार) मन्त्री साउदले डडेल्धुरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् । सो क्रममा उनले पञ्चेश्वर परियोजना बन्नु देशको लागि नै ठूलो र खुशीको विषय भएको दाबी गरे ।

यस्तै, नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको पनि मन्त्री साउदले दाबी गरे । उनले भारतसँगको सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको पनि सुनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot