Logo

अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले हरायो 



काठमाडौं, पुस २९ । नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई सात विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।

जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

नेपालले अन्तिम अभ्यास खेल पर्सि मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।



प्रतिक्रिया दिनुहोस्