Logo

सुदूरपश्चिमविरुद्ध मयन यादवको शतक, विशाल लक्ष्यतर्फ लम्कियो मधेश



काठमाडौं,८ माघ । मधेश प्रदेशका युवा ब्याटर मयन यादवले शतक प्रहार गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् । १२२ बलमा उनले ७ चौका र २ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।

प्रधानमन्त्री कपमा यो मयनको पहिलो शतक हो भने यस संस्करणको छैटौं शतक हो । यसअघि रासिद खान, विनोद भण्डारी, सन्दीप जोरा, सुजन थपलिया र आशुतोष घिरैयाले शतक प्रहार गरेका थिए ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको मधेशले ताजा अवस्थामा ४६ ओभरमा ३ विकेट गुमाएर २८८ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot