Logo

कप्तान रोहित १ रनमै आउट, नामिबियाविरुद्ध नेपाल संकटमा



काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध चौथो विकेट गुमाएको छ । १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् ।

यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ब्रासेलकै बलमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए ।

खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । नेपालले ४ विकेटको क्षतिमा २५ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot