Logo

‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ निर्माण गर्ने



काठमाडौं,३ फागुन । चर्चित हास्य टेलिकशृंखला ‘सक्किगोनि’ टिमले नयाँ फिल्म बनाउने भएको छ। बुधवार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै ‘लाज शरणम्’ टाइटलमा फिल्म बनाउने घोषणा गरेका हुन्।

सोसल कमेडी जनरामा बन्ने फिल्ममा कुमार कट्टेल (जिग्री) को कथा रहेको छ।

हाल कट्टेलसहित दीपक आचार्य (काकु), हरिश निरौला (क्रकोज) र गजित बिष्ट मिलेर फिल्मको पटकथा लेखिरहेका छन्। फिल्ममा देश र जनताहरुले भोग्नुपरेको समस्यालाई चित्रण गरिने बताइएको छ।

२ करोड बजेट छुट्याइएको यो फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्नेछ।
कथा र परिकल्पना कुमारको हो। चलचित्रले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्नेछ।

आउँदो बर्षबाट छायांकन गरिने फिल्ममा कुमार, अर्जुनका अलावा ‘सक्किगोनी’मा काम गरेका थुप्रै
कलाकारहरूको अभिनय रहनेछ। फिल्म आउँदो वर्ष नै प्रदर्शन गरिनेछ।



प्रतिक्रिया दिनुहोस्