Logo

सैनिक व्याण्ड प्रस्तुतिको लागि चीनलाई नबोलाएकोमा बाबुरामको असन्तुष्टि



काठमाडौं, २५ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति भएको उल्लेख गरेका छन् ।

सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कार्यक्रम अवलोकनपनि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् । उनले सैनिक ब्याण्ड प्रस्तुतिको क्रममा विदेशबाट भारत, बेलायत र अमेरिकासँगै चीनलाई पनि बोलाएको भए राम्रो हुने थियो भन्ने उनको भनाई छ । उनले फेशबुकमा लेखेका छन्-

सेना दिवसको अवसरमा नेपाली सेनाले टुॅडिखेलमा आयोजना गरेको भव्य क्रार्यक्रम अवलोकन पश्चात नेपाली सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति भयो!

सैनिक व्याण्ड प्रस्तुतिको क्रममा विदेशबाट भारत,वेलायत र अमेरिका संगसंगै चीनलाई पनि बोलाएको भए झन् राम्रो हुन्थ्यो।प्रधान सेनापतिले अर्को बर्ष बोलाउॅछौं भन्नुभएको छ। त्यसो हुन सकेमा नेपालले गतिशील तटस्थता र शान्तिवादको नीति अपनाएर विश्वमा आफ्नो विशेष पहिचान बनाउन र देशको स्वाधीनता/अखण्डताको रक्षा गर्न थप बल पुग्नेछ!

नेपाली सेनाका सबैलाई हार्दिक वधाइ तथा धन्यवाद !



प्रतिक्रिया दिनुहोस्