Logo

पूर्वमन्त्री किरातीको गीत ‘पल पल बगिरहेछु’ सार्वजनिक



काठमाडौं, २६ फागुन । पूर्वमन्त्री सुदन किरातीको गीत ‘पल पल बगिरहेछु’ सार्वजनिक भएको छ । आज (शनिबार) दरबारमार्गको राइजि«ङ मलमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतको शब्द पूर्वमन्त्री किरातीको रहेका छ भने, स्वर कन्काइस्ट राई, संगीत शान्तिराम राई र संगीत संयोजन दिवेश राईको रहेको छ । त्यसैगरी, म्युजिक भिडिओमा आर्यन सिग्देल, मल्लिका महतलगायतको अभिनय रहेको छ ।

गीत कन्काइस्ट राई अफिसियल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्