Logo

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस संसदीय दल कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक ४ बजेदेखि जारी रहेको हो ।

जारी बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्नेछ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार हुनेछ । सत्ता गठबन्धन भत्किएपछि कांग्रेसले अध्यक्ष गुमाईसकेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिएको भन्दै माओवादीका उम्मेदवारविरुद्ध कांग्रेसले पनि उम्मेदवार उठाउने तयारी गरेको हो । कांग्रेसबाट अध्यक्षका लागि आनन्द ढुंगानालाई उम्मेदवार बनाउने तयारी भएको स्रोतको दाबी छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् । उपसभापति र केही शीर्ष नेतालाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउने अभ्यास छ ।



प्रतिक्रिया दिनुहोस्