Logo

कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्री नस्वीकार्ने भन्दै तमासा गर्यो : ओली



काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो भूमिकाको आलोचना गरेका छन् । ओलीले कांग्रेसले सत्ताबाट बाहिरिएपछिको आक्रोश सदनमा पोखेको आरोप लगाए ।

झापाको ११औं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सदनमा गरेको विरोधतर्फ लक्षित गर्दै कांग्रेसले तमासा गरेको आरोप लगाए । उनले भने,‘आफैंले प्रधानमन्त्री अफर गरेको व्यक्तिलाई गृहमन्त्री नस्वीकार्ने भन्दै कांग्रेसले तमासा गरेको छ ।’

यस्तै, ओलीले अहिले नयाँ समीकरण निश्चित उद्देश्यको लागि मात्रै सहकार्य भएको भन्दै गठबन्धन नभएको जिकिर गरेका छन् । उनले एमालेले कसैसँग घाँटी नजोडेको पनि स्पष्ट पारे । Photo Source: Balkot/Facebook



प्रतिक्रिया दिनुहोस्