Logo

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित



काठमाडौं । टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल ए ले रोमाञ्चक जित निकालेको छ ।

नेपाल ए ले आयरल्याण्ड ए लाई ३ रनले हराएको छ । नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड ए निर्धारित २० अ‍ोभरमा ७ विकेट गुमाएर २१० रनमा रोकियो ।

अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।

यससँगै सिरिज आयरल्यान्डले २-१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot