Logo

फ्रेण्डसिप कप टी–२० प्रतियोगिता : आज बरोडासँग खेल्दै नेपाल



काठमाडौं, चैत २० । भारतमा जारी एसएमएस फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा नेपालले आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

नेपाल र बरोडा दुबैले आज दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । हिजोको भएको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलिको खेलमा नेपालले गुजरातसँग खेल्नेछ ।

शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot