Logo

विश्वप्रकाश शर्माको चेतावनी : आउने संसद्को बैठकमा संसदीय समिति बन्नुपर्छ, यसबाट कांग्रेस दायाँबायाँ हुँदैन् (भिडिओसहित)



काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी संसद् बैठकमा सहकारी ठगी प्रकरणबारे संसदीय समिति बनाउनको लागि सरकारलाई अल्टिमेटम दिएका छन् । उनले आफूहरु गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपबारे संसदीय समितिको मागबाट दायाँबायाँ नहुने पनि चेतावनी दिए ।

आज (बुधबार) बसेको संसद्को बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आजको बैठकपछि सरकारलाई अपिल छ–सरकारले आउँदो बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस । हामी त्यो कुराभन्दा दायाँ बायाँ उभिने छैनौं । कतिपयलाई भ्रम परेको छ, लागेको छ कि कांग्रेसले सत्ताको समिकरणको खेलमा कांग्रेसले नयाँ चाल चाल्दैछ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot