Logo

एकीकृत समाजवादीलाई यो धर्तीको कुनै पनि तागतले फुटाउन सक्दैनः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि फुटाउने ताकत नराख्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादी विभाजनतर्फ नभएर सुदृढ हुँदै कम्युनिष्ट आन्दोलनको जाज्वल्यमान केन्द्रको रुपमा विकास भइरहेको बताएका हुन् ।

‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) लाई बलियो, सुदृढ, संस्थागत हामी राष्ट्रिय महाधिवेशन गर्दैछौं । राष्ट्रिय महाधिवेशनमा अगाडि बढिरहेको पार्टी यो धर्तीको कुनै तागतले फोर्न सक्दैन । हामी यो पार्टीलाई सुदृढमात्रै होईन, नेपालको कम्युनिष्ट आन्दोलनको जाज्वल्यमान केन्द्रको रुपमा विकास गर्दैछौं,’– उनले भने ।

हङ पार्लियामेन्ट भएको बेला पार्टी फुट्ने, फुटाउने विभिन्न परिघटना हुने कुरा स्वभविक रहेको बताउँदै उनले कुनै पनि दल विभाजित हुने कुरा दुःखद् रहेका बताए । उनले पार्टीहरु आन्तरिक र बाह्य कारणले फुट्ने गरेको बताउँदै जतना समाजवादी पार्टी फुटेकोमा दुःखी रहेको बताए ।

‘पार्टीहरु बन्ने, विभाजित हुने, फुट्ने वा फुटाउने हङ पार्लियामेन्ट भएको बेलामा विभिन्न खालका यस्ता परिघटना घट्छन् । तर, पार्टी फुट्नु जहिले पनि दुःखद् कुरा हो । मान्छेले विभिन्न कारणले बडो मेहनतका साथ पार्टी बनाएका हुन्छन् । त्यो पार्टी कहिले आफ्नै आन्तरिक कारणले, कहिले बाह्य कारणले फुट्छ । पार्टी फुट्नु जहिले पनि दुःखद् हुन्छ । अहिले जसपा जुन ढंगले फुट्यो,जसपा फुटेको कुरामा म चाहीँ आनन्दित छैन । म बडा दुःखी छु,’– उनले भने ।

एकीकृत समाजवादी आगामी दिनमा पनि वैचारिक र राजनीतिक रुपले सही दिशामा उभिने उनको भनाइ छ । आसन्न महाधिवेशनपछि एकीकृत समाजवादी स्टारको रुपमा स्थापित हुने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot