Logo

राष्ट्रपति पौडेलको युरोप भ्रण रद्द भएपनि ५५ लाख बढी खर्च भुक्तानी



काठमाडौं, २८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण कार्यक्रम रद्द भएपनि ५५ लाख २२ हजार खर्च भुक्तानी भएको छ । राष्ट्रपति पौडलसहितको एक प्रतिनिधि मण्डल गत कात्तिक २२ देखि १० दिन फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीलगायत युरोप देशहरु भ्रमणमा जाने कार्यतालिका थियो ।

तर, कात्तिक १७ गते जाजरकोटमा भूकम्प गएपछि उनले युरोप भ्रमण रद्द गरेका थिए । भ्रमण रद्द भएपनि टिकट बुकिङ गरिसकेकाले उक्त रमक भुक्तानी गर्नुपरेको बताइएको छ । अर्थ मन्त्रालयले बजेटबाट रकमान्तर गरेर उक्त रकम भुक्तानी दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot