Logo

कमल थापाले राष्ट्रपति भण्डारीलाई भेटेपछि एमाले र राप्रपावीच चुनावी तालमेल !



काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएलगत्तै नेपाली राजनीतिमा पछिल्लो ४८ घण्टामा लगातार महाभुकम्पका पराकम्पनहरु गैरहेका छन् ।

महाअभियोग प्रस्तावको पक्ष र विपक्षमा अहिले व्यापकर चर्चा तथा परिचर्चाहरु भरहेका छन् । महाअभियोग दर्ता गरेको केही मिनेटमै उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा नै दिए । त्यसको भोलिपल्टै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्यो ।

महाअभियोगको भुकम्पले राजनीतिमा नयाँ ध्रविकरण समेत बनाईदिएको छ । राप्रपा अध्यक्ष कमल थापा एकाएक सत्तारुढ गठबन्धन छोडेर काँग्रेस र माओवादीलाई लात हानेर प्रतिपक्षी दल एमालेको कित्तामा उभिएका छन् । पछिल्लो समय निकै आक्रमक रुपमा प्रस्तुत भैरहेको एमालेको कित्तामा राप्रपा उभिनुले अब संसदमा रहेको संविधान संशोधन समेत अलपत्र पर्ने खतराहरु पैदा भएका छन् ।

राप्रपा र एमालेले यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं र ललितपुरमा चुनावी तालमेल गरेर मेयर तथा उपमेयरमा उम्मेद्धवारी समेत दर्ता गर्रासकेका छन् । राप्रपा र एमालेवीच चुनावी तालमेल हुनुलाई त्यति नौलो रुपमा लिनु दुःखद हुन्छ । किनकी यसअघि नै यी दुई पार्टीहरुले स्थानीय तहको निर्वाचनको लागि चुनावी तालमेल गर्नेबारे सार्वजनिक घोषणा समेत गरिसकेका थिए ।

तर पछिल्लो समय सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर पार्टी केन्द्रिय कार्य समितिबाट निर्णय गरेको राप्रपा एकाएक सरकारबाट बाहिरिनुलाई निकै महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग त एउटा संयोग मात्रै हो । तर यी दुई पार्टीवीच चुनाव तालमेल मात्रै नभएर निकट भविष्यमा कार्यगत एकता हुनेसम्मको अड्कलबाजी राजनीतिक बजारमा सूरु भएको छ ।

सरकारबाट बाहिरिने निर्णय गर्नुपुर्व राप्रपा अध्यक्ष थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बोलाएकी थिईन् । राष्ट्रपति भण्डारी र अध्यक्ष थापावीच करिब डेढ घण्टा कुराकानी भएको शितलनिवास स्रोतले जनाएको छ । भेटमा भण्डारीले थापालाई राष्ट्रवादी शक्तिहरुवीच एकता गर्न आग्रह गरेको पनि उच्च स्रोतले जनाएको छ । उनले एमाले र राप्रपा मिलेर नै अघि बढ्न समेत थापालाई सुझाएकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई भेटेको भोलिपल्ट आज अर्थात मंगलबार राप्रपा र एमालेवीच चुनावी तालमेलको सूरुवात भएको छ । राप्रपासँगको तालमेलसँगै एमाले शीर्ष नेतृत्वको बारेमा अहिले विभिन्न कोणबाट टिकाटिप्पणी समेत भैरहेका छन् ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच काठमाडौं र ललितपुर महानगरपालिकामा चुनाबी तालमेल भएको छ । दुई महानगरमा स्थानीय तहको तालमेल गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच उम्मेद्धवारी मनोनयन दर्ता गर्नु केही घण्टा अघिमात्रै सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्