Logo

ओसाकालाई युएस ओपनको उपाधि



एजेन्सी, २८ भाद्र । जापानी टेनिस स्टार नाओमी ओसाकाले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । उनले बेलारुसकी भिक्टोरिया अजरेन्कालाई प्रतिष्पर्धात्मक खेलमा १-६ ६-३ ६-३ ले पराजित गर्दै उपाधि जितेकी हुन् ।

पहिलो सेट सजिलै गुमाएकी ओसाका खेलमा सानदारसँ फर्किकी थिइन् । उनले खेल आफ्नो पक्षमा पार्ने क्रममा लय समात्दै धैर्यता प्रदर्शन गरेकी थिइन् ।

सन् २०१८ को युएस ओपनकी विजेता ओसाका उपाधिकी मुख्य दाबेदार थिइन् । जीतसँगै ओसाकाले तेस्रो ग्लान्ड स्लाम उपाधि हात पारेकी छिन् । यसअघि उनले युएस ओपन र अष्ट्रेलियन ओपनमा जित हासिल गरेकी थिइन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्