Logo

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ



काठमाडौ, ३ असोज। नेपाली समाज बारे धेरैको बुझाइ सामान्य कुरामा पनि फुरुङ हुने र कसैले जतिसुकै अन्याय गरेको भए पनि त्यसलाई तत्काल क्षमादिने सक्ने हो । नेपालीको यही चरित्रका कारण विगतको सशस्त्र द्वन्द्व पछिको नेपालको शान्ति प्रक्रिया सोचेभन्दा बढी सफल देखियो । निकै सकारात्मक सोच राख्ने नेपाली समाजमा कतै बढी नकारात्मक बन्दै गएको त होइन भन्ने देखिन थालेको छ । सामान्य मुद्दामा पनि चाहिने भन्दा बढी आलोचना गर्ने र कुनै कुराको बास्तविकतामा पुग्नु भन्दा पनि बढी प्रतिक्रियात्म हुन थालेको र अहिलेको कोरोना संक्रमणको महामारीमा पनि केही भएन खतम भयो भन्ने जस्ता कुरा बढी आउनु एक प्रकारको मनोसामाजिक समस्या रहेको चिकित्सकको भनाइ छ ।

मानसिक रोग अस्पताल पाटनमा कार्यरत चिकित्सक डा.अनन्त अधिकारी समाज अस्तव्यस्तहुँदा रमाइलो मान्ने केही समुहको कारणले समाजमा नकारात्मक कुराको प्रचारले प्रोत्साहन पाइरहेको बताउनुहुन्छ ।
संक्रमणकालीन समय, रोगव्याधीले आक्रान्त पारेको समयमा गलत कुराहरु छिटोभन्दा छिटो फैलने भएकाले गलत हल्ला फैलाउने केही समुह सक्रिय बनेसँगै त्यसले त्रासको वातारण सिजना गरेको उहाँ बताउनुहुन्छ । ‘सामाजिक संञ्जालकै कुरा गरौ न नकारात्मक कुरा कत्ति छिटो फैलल्छ’ उहाँले भन्नुभयो ।

‘कोरोनौ कुरा गरौ’ डा.अधिकारी भन्नुहुन्छ, ‘नेपालमा फैलदो क्रम डरलाग्दो छैन, मृत्युको दर पनि कम छ यसको प्रचार गर्नुको सट्टा सरकारले केही गरेन भन्दै गलत हल्ला फैलाउँदा त्यही कुरामा चासो दिनेहरुको संख्या अधिक छ यो मनोसामाजिक समस्या हो ।’ हामीले अप्ठारो परेको समयमा सकारात्मक कुरा गरेर मनलाई नियन्त्रण गर्नु पर्नेमा उल्टै हामी मनलाई विचलित बनाउने कार्यमा अघि बढेका छौ उहाँले भन्नुभयो,‘ यो नकारात्मक कुरा हाबी भैरहेको प्रमाण हो ।’

ठूला रोधव्याधी र सक्रमणकालीन समयमा यस्ता कुराहरु छिटो फैलने गरेको डा।अधिकारीको अनुमान छ । यो समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उहाँले बताउनुभयो । अझ नेपाल जस्तो अविकसित देशहरुमा यस्ता हल्ला छिट्टै फैलने भएकाले नकारात्मक कुराको पछाडि र चर्को कुरा गर्नेको पछाडि समाज दौडिरहेको उहाँले बताउनुभयो ।
सामाजिक संञ्जाल मात्रै हैनन् जिम्मेबार मिडियाले समेत नकारात्मक कुरामा धेरै चासो दिन थालेका छन् । सबैले गलत सूचनलाई हट केक बनाउने काम भैरहेको छ त्यसैको सेयर अत्याधिकहुँदै आउनुनै यस्तो समयको विशेषता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अफवाह फैलाउने कार्यलाई रोक्न कानुन तथा समुदायले नसक्ने भएकाले यो रोक्ने हतियार भनेको आत्म अनुशासन रहेको अधिकारीले बताउनुभयो । ‘ गलत र सही छुट्टाउने भनेको मन भएकाले स्वयं नागरिकहरुले आफ्नो अनुशासन कायम गरेमा नकारात्मक कुरा कम भएर जाने उहाँको अनुभव छ ।
‘ हामी आफै हेरौ न समाजलाई अर्काको चर्को स्वरले विरोध गर्ने मान्छे आफ्नो आलोचना सहनै सक्दैन’ उहाँले थप्नुभयो, ‘अर्काले आलोचना गर्यो भने त्यो भन्दा दोब्बर आक्रमक बन्छ, यो नै मनरोग हो र यसले आत्महत्यासम्मको स्थिति सृजना गराउन सक्छ ।’ यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्