Logo

काठमाडौं उपत्यकामा ८९५ सङ्क्रमित थपिए



काठमाडौँ, १० कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६७३, ललितपुरका १४६ तथा भक्तपुरका ७६ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ । अहिलेसम्म ७२ प्रतिशतभन्दा धेरै संक्रमणमुक्त भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ । कूल संक्रमितमध्ये शून्य दशमलब पाँच प्रतिशतको मृत्यु भएको हो । अहिले करिब ३ हजार जना क्वारेन्टिनमा रहेका छन् ।

रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot