काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा प्याकेजमा सहमति खोज्ने प्रयास भएको छ ।
हिजोमात्रै अध्यक्ष ओली र नेता नेपालबीचको वान-टु-वान वार्तापछि आज दुवै नेताहरु आ आफ्ना पक्षका नेताहरुसहित पूनः छलफलमा जुटेका हुन् । छलफल २०७५ जेठ २ गते फर्काउनेगरि अघि बढेको नेताहरुले बताएका छन् । Photo Source: Surya Thapa/Twitter