Logo

धर्मको मुद्दाले विवेकशील फुट्दै, अध्यादेश सक्रिय हुँदै नयाँ दल बन्नसक्ने



काठमाडौं, १५ भदौ । विवेकशील साझा पार्टी फुट्ने निश्चितप्रायः भएको छ । धर्मको मुद्दाले विवेकशील फुट्न लागेको हो ।

अध्यक्ष रवीन्द्र मिश्रले धर्मनीरपेक्ष र संघीयतालाई चुनौती दिदै सार्वजनिक बहसमा प्रस्ताव ल्याएपछि विवेकशीलमा विवाद चुलिएको हो । मिश्रले हिन्दुराष्ट्र र राजसंस्थाप्रति लचिलो हुने गरी बहस छेडेका छन् । उनले संघीयतासमेतलाई चुनौती दिएका छन् ।

मिश्रको प्रस्ताव पार्टीको आधिकारिक नभएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ती जनाउँदै आएका छन् । दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

विवेकशील धर्मकै मुद्दाले विभाजित भई फरक दल दर्ता हुने देखिएको छ । दल विभाजन भए विवेकशीलका ३ जना प्रदेश सभा सांसदले समेत कित्ताकाट गर्ने अवस्था आउँछ ।

२० प्रतिशत केन्द्रीय कमिटी भए दल विभाजन हुने गरी अध्यादेश सक्रिय रहेकाले यसै हप्ता विवेकशीलको टुंगो लाग्नेछ । सम्भवत असन्तुष्ट पक्षले अध्यादेश सक्रिय हुँदै नयाँ दल दर्ताको निवेदन दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्