Logo

लिड्स युनाईटेडलाई हराउदै आर्सनल कारबाओ कपको क्वाटरफइनलमा प्रवेश



काठमाडौं, १० कात्तिक । काराबाओ कप फुटबलमा आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल क्वाटरफइनल प्रवेश गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्सनल भावि भएको थियो । खेलको ५५औं मिनेटमा कलुम चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । साथै, खेलको ६९औं मिनेटमा एडी एनकेटियाले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्