Logo

राजेश हमालको आवाजमा ‘मन बुढो भएन’ गीतको भिडियो सार्वजनिक



काठमाडौं, १८ कात्तिक । महानायक राजेश हमालको आवाजमा रहेको गीत ‘मन बुढो भएन’ को भिडियो सार्वजनिक भएको छ । संगीतकार दीपक शर्माको शब्द र संगीतमा रहेको हमालले पहिलो पटक गाएको गीतको म्युजिक भिडियो बुधबार एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको हो ।

गीतमा राजेशको साथै सु्वास पुरी, एलिना चौहान र बेनिशा पौडेलले स्वर दिएका छन् । भिडियोमा देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छिन् । उत्सव दाहालको छायांकन रहेको यस भिडियोमा विकास दाहालले सम्पादन गरेका छन् ।

रिलिज कार्यक्रममा बोल्दै हमालले फिल्ममा आवाज धेरै पटक दिएपनि गीतमा भने पहिलो पटक दिएको बताए । उनले संगीतकार शर्माले दिएको हौसलाले आफुले गीत गाएको पनि सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्