Logo
फोटो फिचर

सामूहिक कुलो मर्मत

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिंहपुरका बासिन्दा सामूहिक रुपमा कुलोको डिल मर्मत गर्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,

विस्तृत पढ्नुहोस
छलिया नृत्य प्रस्तुत गर्दै कलाकार

सुदूरपश्चिम पर्यटन व्यापार मेला एवं दार्चुला महोत्सवमा लेकम क्षेत्रको प्रख्यात छलिया नृत्य प्रस्तुत गर्दै कलाकार । वैवाहिक कार्यमा मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा छलिया नाच प्रस्तुत गरिन्छ । तस्वीरः नरेन्द्रसिह

बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै

कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ

२२ धार्नीको दमाहा

उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा भइरहेको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा महाकाली नगरपालिकाअन्तर्गत–२ स्थित मालिकार्जुन मन्दिर झुस्कुको २२ धार्नीको पुरातन दमाहा प्रदर्शनी गरिएको छ । छलियाँ नाँचसहित प्रदर्शन

सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य

म्यानमारको बगानामा बुधबार सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य । म्यानमारको ऎरावती नदी नजिकै सूर्यास्तको तस्वीर कैद गर्न विश्वको फोटो पत्रकार तथा पर्यटक आउने गरेको पाईन्छ । तस्वीर सनिउल्ला धोबी, कृष्णनगर–

जव रेडियोमा थारु भाषाको समाचार आउन्छ…

कञ्चनपुरको बेलौरी नगरपालिका भुडाका स्थानीय रेडियोमा थारु भाषाको समाचार सुन्दै । ग्रामीण क्षेत्रका बासिन्दाको रोजाईमा अझै रेडियो पर्ने गरेको छ । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

तालको पानी जमेर

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा तालको पानी जमेर बरफ भएको दृश्य र तालको बिचमा तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर निरज थकाली ठिनी मुस्ताङ

सुन्दर धौलागिरि हिमाल

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट देखिएको सुन्दर धौलागिरि हिमाल । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने टोड्केमा पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणले तिब्रता पाएको छ । तस्बिरः कमल खत्री, बेनी (म्याग्दी), रासस

‘मलाई घाँस’

पाल्पा रामपुर स्थित पहिलो पटक रामपुरमा नयाँ प्रजातिको ‘मलाई घाँस’ । रामपुरका अगुवा कृषक कृष्णकुमार अर्याल र मिना अर्यालले भारतबाट वीउ खरीद गरेर परिक्षणका लागि लगाएको ‘मलाई घाँस’ पशु आहाराका

धौलागिरि हिमालको मनमोहक दृश्य

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत डाँडाबाट देखिइएको धौलागिरि हिमालको मनमोहक दृश्य । हिमपात परेपछि हिमालयहरु अत्यन्त आकर्षक देखिइएका छन् । तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर(म्याग्दी)

पश्चिम सेती परियोजना निर्माणको सामन फिर्ता लैजान ल्याइएको हेलिकोप्टर

बझाङ, बैतडीको ढुंगाढ र डोटीको तलारमा ७५० मेगावाटको पश्चिम सेती परियोजना निर्माणका लागि ल्याइएको सामन फिर्ता लैजान चीनको थ्री गर्जेज कम्पनीले ल्याएको हेलिकोप्टर । तस्वीर: विमलबहादुर विष्ट÷डोटी

दैलेख बजारबाट देखिएको दृश्य

लगातार वर्षातसँगै हिमपातपछि दैलेख जिल्ला सदरमुकाम दैलेख बजारबाट देखिएको दृश्य । तस्विरMहिक्मत बहादुर नेपाली, दैलेख दुल्लु

Screenshot