Logo

शान्तिको कामना गर्दै ७३ वर्षीय थापा विश्व भ्रमणमा



काठमाडौँ, २८ जेठ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्कनु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३ वर्षीय दुर्गाबहादुर थापा गत वैशाख १ गतेबाट विश्व भ्रमणमा निस्कनुभएको हो ।

सार्वजनिक यातायातको साधन प्रयोग गरी भारतहुँदै दक्षिण एसियाका विभिन्न देश भएर यूरोप र अमेरिका पुग्ने उहाँको योजना रहेको छ ।

“विश्वमा व्याप्त अन्याय, अत्याचार र अशान्तिको अन्त्य होस भनेर भ्रमणमा निस्केको हुँ,” थापाले भ्रमणको उद्देश्यबारे भन्नुभयो । नेपाली सेनाबाट सेवानिवृत्त थापा नेपालको राष्ट्रिय झन्डा बोकेर विश्व भ्रमणमा निस्कनुभएको हो ।

उहाँले यात्रालाई सफल पार्न राष्ट्रिय वाणिज्य वैंक लगनखेल, ललितपुरको खाता नं ११२००२४५५११० मा आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्