Logo

माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच धरान उपमहानगरमा तालमेल



धरान, २ असार । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ ।

धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् । माओवादीका अइन्द्रविक्रम घेघा मेयरमा समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राई उपमेयरमा उठ्ने भएका हुन् । धरानका २० वटै वडामा दुबै पार्टीबीच तालमेल हुने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot