Logo

विकास र समृद्धि अबको अभियानः डा भट्टराई



दमक, १४ मंसिर : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धि अबको अभियान भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।

झापाको दमकस्थित भट्टराई वंश प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो –“शान्ति र संविधान कार्यान्वयनको चरणमा रहेकाले विकास र समृद्धिका लागि सबै नेपालीको योगदान आवश्यक छ ।”

संयोजक डा भट्टराईले पुराना पार्टीले देशलाई राजनीतिक नेतृत्व दिन नसकेकाले अब नयाँ सोच र सबल नेतृत्व दिन नयाँ शक्तिले स्पष्ट मार्गचित्र कोरेको बताउनुभयो ।

सो अवसरमा डा भट्टराईलाई प्रतिष्ठानले कुलताराद्वारा सम्मान गरिएको थियो । प्रतिष्ठानमा सञ्चालित कुलपूजामा पनि उहाँ सहभागी हुनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot