Logo

एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित



मंसिर २१, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन् ।

उनले सत्यबती केन्द्रबाट सबैभन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन् ।

पौडेलले मतदानपछि ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन, संविधान कार्यान्वयन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि यो निर्वाचन भइरहेको भन्दै सबैलाई मतदानका लागि अपिल गरेका छन् ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।


राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री एबं मकवानपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार कमल थापाले हेटौंडा ६ स्थित बंशगोपाल बहुमुखी क्याम्पस चौघडा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका कार्यालय सदस्य मणि थापाले प्युठान नगरपालिका ८ गेजवाङ स्थित बाल ज्योती आधारभुत विद्यालयमा रहेको ’ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार हुन् ।

एमाले नेता एवं गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवालीले मतदान गरेका छन् । गुल्मीको रुरु गाउँपालिका ४ बम्घा निमाविज मतदान केन्द्र चौताराबाट ज्ञवालीले मतदान गरेका हुन् ।

रौतहटको दुर्गाभगवतीबाट राजपाका अनिल झाले मतदान गरेका छन ।

हृदयष त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट मतदान गरेका छन् ।

मतदातासंगै लाइनमा ईश्वर पोखरेल



प्रतिक्रिया दिनुहोस्

Screenshot