Logo

चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)



२१ मंसिर, काठमाण्डौ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको निर्वाचन भईरहेको छ । ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान भईरहेको छ भने मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सकिएपछि पहिलो चरणमा भएको मतदानसहित मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा कुन नेताले कहाँबाट गरे मतदान ?

एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका ८ त्रिभुवन उच्च मावि केन्द्रबाट मतदान गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ का उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी मतदान गरे ।
कास्कीमा प्रतिनिधिसभामा ३ निर्वाचन क्षेत्र छन् ।

कानुन मन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार यज्ञवहादुर थापाले मतदान गरेका छन् ।
उनले पोले २६ को विजयपुरबाट मतदान गरेका हुन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिका(१ बाङ्गेसिमलस्थित सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
क्षामन्त्री तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार भिमसेनदास प्रधानले बिहिबार बिहानै मतदान गरेका छन् । उनले बिहान ७ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २७ अन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा मतदान गरेका हुन् ।

एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि अछाम क्षेत्र नम्बर १ काम उम्मेदवार भीम रावलले मतदान गरेका छन् ।

अछामको साँफेबगर नगरपालिका ६ को चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे मतदान गर्दै मतदानको सुरूवात गरेका थिए ।

वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले मतदान गरेकी छिन । उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेद्वार डा शेखर कोइरालाले मतदान गरेका छन्। कोइरालाले मोरङको आदर्श मावि मतदान केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रकी नेतृ तथा कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार विना मगरले मतदान गरेकी छन्। मगरले पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय बाट मतदान गरेकी हुन् । पति प्रकाश दाहालको निधन लगत्तै विना चुनाव प्रचारप्रसारमा होमिएकी थिइन् ।

काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
अन्य केही तस्विरहरु



प्रतिक्रिया दिनुहोस्

Screenshot