Logo

झलनाथले एक्कासी आफू अध्यक्ष बन्छु भनेर किन भने ?



काठमाडौं, २७ पुस । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकतापछि आफू पनि अध्यक्ष बन्न सक्ने बताएका छन् ।

बिहीबार पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता खनालले भने,‘हाम्रो पार्टीमा अहिले पदीय व्यवस्थापनबारे कुरा भएको छैन, तर हामी सहमतिमा सबै कुरा टुँगो लगाउँछौं।’

उनले आफूहरु पार्टी एकताको अन्तिम प्रक्रियामा रहेको बताउँदै भने,‘कहिले एकता हुन्छ भनेर म मिति तोक्दिन्, तर सरकार निर्माण अघि नै पार्टी एकता हुन्छ, हामी एकतापछि पनि जबज अनुसार नै अघि बढ्छौं, जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शन हो, यसबाट विचलित हुँदैनौं।’

पार्टी एकतापछि तपाई के बन्ने ? भनेर पत्रकार धमलाले राखेको अर्को जिज्ञासामा उनले भने,‘म राष्ट्रपति बने भने तपाईको मुखमा दुध र भात, म राष्ट्रपति बन्छु, यो चाहना मैले यसअघि नै प्रकट गरिसकेको छु, म पनि काविल मान्छे हुँ नि, अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिमध्ये जे पनि बन्छु । नेताहरुको पद व्यवस्थापन हामी मिलाउँछौं । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्री म पनि बन्न सक्छु।’

उनले पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने स्पष्ट पारे । त्यस्तै उनले पृथ्वी नारायण शाह राष्ट्रनायक भएकोले उनको भूमिका र योगदानलाई सबैले कदर गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot