Logo

सावित्रीले गाईन चलचित्र ‘नेप्टे’को गीत भिडियो सहित



काठमाडौं, ४ माघ । आफ्नै अस्तित्व र मूल्यमा चलिरहेको मानव जीवनका अनेकन कथा र कहानिहरु छन् । उत्तिकै छन बाधा र व्यबधानहरु । जीवनका हरेक गोरेटाहरुमा अवरोधहरु आउछन् जान्छन् । कुनै पनि परिणामलाई सामान्य रुपमा लिनुपर्छ । सबै प्रकारका विषयहरुलाई सहज तरिकाले ग्रहरण गरेको स्थितिमा मानिसले धेरै प्रगति गर्न सक्छ ।

राम्रो के कुरालाई भन्ने ? नराम्रो कुन कुरालाई भन्ने ? को सफल को असल ? यस्ता अनेक प्रशनकोबीचमा उभिएर हेर्दा सरल तरिको जिन्दगी जिउने मानिस जो सुकि होईन खुसि रहन्छ । जो सफल भन्दा असल हुनु महान सम्झिन्छ । त्यस्तो मानव एक उदाहरणीय लाग्छ । कला क्षेत्रमा धेरै प्रकारका कलाकर्मीहरु छन् । पछिल्लो समयमा क्षमता भन्दा समचार र प्रचार गरेर गायक गायिका बन्ने होड चलेको छ भन्दा फरक नपर्ला । गीत कालझै बन्नुपर्छ । गीत सुन्दा जीवन भोगाईका पलहरु भेट्न सकियोस् । मन प्रफुल्ल र मोहीत बन्न सकोस ।

गीतको कुनै देश र भाषा हुँदैन । यहि वाक्यमा बाँधिएर आजको दिनमा चितवनमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउदै आएकी सफल लोक दोहोरी गायिका सावित्रि जोशी सांगीतिक क्षेत्रमा निरन्तर अघि बढि रहेकी छन् । विगत ७ वर्षदेखि यस क्षत्रमा लागेको बताउने गायिका जोशीले करिव १ सय गीतमा आवाज भरेकी छन् । छड्के सलाम भो, दीलको डोरी लगायतका केही गीतहरुले उनलाई यस क्षत्रमा सफल बनाएका छन् ।

पछिल्लो समयमा उनले चलचित्रका गीत समेत गायकी छन् । आगामी चैत्र ३० गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘नेप्टे’ मा समाहित काँचो सुपारी बोलको गीतमा उनले आवाज भरेकी छन् । भानुभक्त ढकालको शब्द, ओम सुनारको संगीतमा रहेको गीतमा सावित्री र ओम सुनारको स्वर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot